अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर
बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । पारिवारिक स्रोतका अनुसार उनलाई हालैमात्र फोक्सोको क्यान्सर भएको थाहा भएको हो ।
फोक्सोको क्यान्सर स्टेज फोरमा पुगेपछि थाहा भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनी अगस्ट ८ मा उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोमबार उनी डिस्चार्ज भएका थिए ।
मंगलबार अभिनेता दत्तले स्वास्थ्यका कारण चलचित्रबाट ब्रेक लिएको बताएका थिए । तर उनले क्यान्सर भएको बारे केहि बताएका थिएन्न ।
६१ वर्षका अभिनेता क्यान्सरको उपचारका लागि अमेरिका जाने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले अभिनय गरेको चलचित्र सडक–२ को ट्रेलर बुधबार सार्वजनिक भएको छ ।