तीन खेलाडीको पदक खोसियो

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार १६:३२
;

काठमाडौं । पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि उनीहरुको पदक खोसिएको हो ।

नेपाल ओलम्पिक कमिटीले बुधबार एक विज्ञप्ती जारी गर्दै पाकिस्तानका तीन खेलाडीको डोपिङ परीक्षण गर्दा पोजेटिभ देखिएकाले उनीहरुको पदक खोसिएको जनाएको हो ।

पाकिस्तानका एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अलीको पदक खोसिएको जनाइएको छ ।

तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्ध समेत गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*