थप दुई जनामा कोरोना संक्रमण देखिएपछि बकैँयाका ४० घर सिल
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले ४० वटा सिल गरिएको छ । बकैया गाउँपालिका– ४ का २ जनामा कोरोना देखिएपछि गाँउपालिकाले संक्रमितको घर र घरवरिपरि रहेका अन्य घर, सहकारी संस्था, दुध संकलन केन्द्र डेरी तथा वडा नंबर ४ को प्राथमिक स्वास्थ्य केन्द्र समेत सिल गरिएको हो ।
संक्रमित पुगेको स्थानहरुलाई मध्यनजर गर्दै सो स्थानहरु सिल गरिएको उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिईन् ।
गत साउन २५ गते पुष्टि भएको एक जना महिला र आज पुष्टि हुने २ जना संक्रमित एकै परिवारका सदस्य हुन् ।
बकैया– ४ स्थित महेन्द्र माविको क्वारेन्टिनलाई आईसोलेसन बनाउने छलफल भईरहेको बोलखेले बताईन् ।
आज पुष्टि भएका २ संक्रमित आफ्नै घरको होम क्वारेन्टिनमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताईएको छ ।