थप ५ सय २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं । नेपाल आज थप ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
आज सम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
आज १ सय ९ जना निको भई घर फर्किएका छन् । यस्तै निको हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।
यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।