कोशी अस्पतालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु
विराटनगर । थप एक ३० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोशी अस्पतालमा विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा रिर्पोट नआउँदै मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।
बिहान संकलन गरिएको स्वाबको रिपोर्ट बेलुका नेगेटिभ आयो । तर रिपोर्ट शंकास्पद लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।