प्रदेश प्रमुखको कार्यालय सचिवमा कोरोना पुष्टि

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार १३:५४
;

मकवानपुर । बागमती प्रदेश प्रमुखको कार्यालयका सचिवमा कोरोना पुष्टि भएको छ । हेटौंडाको किटजन्य अरोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।

बुधबार ज्वरो आउने र घाँटी दुख्ने समस्या देखिएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

उनको कोरोना रिपोर्ट आज बिहान मात्र प्राप्त भएको हेटौंडा –४ को कर्रा आइसोलेसनले जनाएको छ ।

सचिवलाई कोरोना सङक्रमण पुष्टि भएसँगै परिवारका अन्य सदस्यको पनि स्वाब नमूना सङ्कलन गरी परीक्षणको तयारी भइरहेको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*