बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना पुष्टि
मकवानपुर । बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा सोमवार गरिएको पीसीआर परीक्षणमा उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उपसभामुखको एक छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि भएका उपसभामुख र उनका छोरा आफ्नै सरकारी निवासको बसेको उपसभामुखकी स्वकीय सचिवालयले जनाएको छ ।











