राष्ट्रिय झण्डा जलाएरे म्युजिक भिडियो बनाउने थप तीन जना पक्राउ

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १३:२०
;

काठमाडौँ । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सो भिडियो बनाउने मुख्य योजनाकारसहित नौ जनालाई पक्राउ गरेको हो ।

यसअघि नेपाल प्रहरी अपराध अनुसन्धान व्युरोले सो भिडियो बनाउने ६ जनालाई पक्राउ गरेको थियो ।

युट्युबमा सार्वजनिक भएको देशद्रोही बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई ग्याल्जोम दोर्जे तामाङ मंगोल ग्याल्जीले गाएका छन् ।
मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*