हेटौंडामा प्रहरीको क्वारेन्टाइन बनाउन स्थानीयकोे अवरोध

मकवानपुर । मकवानपुरमा प्रहरीका लागि क्वारेन्टाइन बनाउने काममा स्थानीयहरुले अवरोध गरेका छन् । प्रहरीको आग्रह अनुसार कमाण्ड पोष्टकै बैठकको निर्णय अनुसार हेटौँडा–२ मा रहेको पल्पसा सभागृहलाई क्वारेन्टिन बनाउन खोज्दा स्थानीयले गुनासो गरेपछि उक्त स्थानमा क्वारेन्टाइन बनाउन नसकिएको भएको जानाइएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस मकवानपुरमा पनि तिव्र रुपमा फैलिरहेको छ । दिन प्रतिदिन प्रहरीहरुमा संक्रमण बढेपछि मकवानपुरका संक्रमित प्रहरीहरु राख्ने क्वारिन्टाइन बनाउने काममा स्थानियहरुले अवरोध गरेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको उक्त सभाहलमा क्वारेन्टाइन बनाउने प्रयत्न गर्दा स्थानीयले गुनासो गरेपछि आफुहरुले उक्त काम गर्न नसकेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको भनाई छ ।
उनले सामजिक सञ्जाल फेसबुकमा लेखेका छनः अन्य अवस्थामा भन्दा हालको अवस्थामा प्रहरीको मुख्य डिउटि नै कोरोनाबाट जनता कसरी सुरक्षित बनाउने भन्ने कुरामा छ। अनि यस्तो बेलामा घर गै आएका प्रहरीलाई क्वारेन्टाइन अभाब भएको जानकारि पछि पल्पसालाई क्वारेन्टाइन बनाउन सकिन्छ कि भनेर प्रयास गरियो तर छिमेकिको गुनासो पछि अनेत्र राख्ने निर्णय गरियो। स्वास्थकर्मिले क्वारेन्टाइनमा बस्ने ब्यवस्थाको लागि अनुरोध भयो मिलाउन सारै गार्हो भयो। यहि तरिकाले हामी सबैले कोरोनाबाट उन्मुक्ति पाउन मुस्किल छ। समय अप्ठेरो छ यस्तो बेलामा जुटेर परिस्थितिको सामना गरौ बेलैमा हामी सबै सच्चिनुका साथै मानबियता पेश गरौ। सबैको जय होस।
यस विषम परिस्थितीमा दैनिक १८ घण्टासम्म ड्युटिमा खटिने अधिकांश प्रहरीहरु कारोनाको जोखिममा छन् । हाल सम्म मकवानपुरमा २० जना भन्दा बढि सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ ।