प्रतिवेदन बुझाउने तयारी नेकपा कार्यदल, बालुवाटारमा बैठक जारी

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १५:२३
;

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो समय नेकपाभित्र चुलिएको विवाद समाधानका लागि गठन गरीएको कार्यदलको बैठक बसिरहेको हो।

बैठक दिउँसो २ बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय रहने भवनमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बसिरहेको जनाइएको छ ।

कार्यदलले छिट्टै आफ्नो प्रतिवेदन बुझाउने तयारीसहित कामलाई तीव्रता दिइरहेको जनाइएको छ ।

कार्यदल गठन भएक लगतै आफ्नो कामलाई तिब्रता दिइरहेको कार्यदलको बैठक विभिन्न स्थानमा बस्दै आएको छ ।

कार्यदलकै आन्तरिक बैठक भएकोले प्रधानमन्त्री ओली गएका छैनन् ।

गत शुक्रबार गठन गरिएको कार्यदलको बैठक शनिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको भैँसेपाटीस्थित निवासमा बसेको थियो।
त्यसपछि आइतबार अनौपचारिक छलफल गरेका कार्यदल सदस्यले सोमबार बैठक राखेनन्।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनमा बैधानिकताको प्रश्न उठाएका थिए।

सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेपछि मंगलबारदेखि कार्यदलले विषय केन्द्रित छलफल थालेको थियो।

मंगलबार र बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा कार्यदलको बैठक बसेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*