मन्त्रिपरिषद बैठक ५ बजे, बन्दाबन्दीबारे निर्णयको तयारी

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १५:३५
;

काठमाडौं । मन्त्रीपरिषद बैठक आज साँझ पाँच बजे बस्ने भएको छ । बोरोना महामारीको रोकथामबारे निर्णय लिइने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले बस्ने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो। निर्देशन लगत्तै मंगलबार र बुधबार दुई दिन सीसीएमसीको बैठक बसेको छ। बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी थिए।

सीसीएमसीको बैठकले देशब्यापी बन्दाबन्दी नगर्ने, तर संक्रमणको जोखिम रहेको स्थान पहिचान गरी निषेधाज्ञादेखि कर्फ्यूसम्म जारी गरिने निर्णय गरेको छ।

हालसम्म राजधानी उपत्यकाका तीन जिल्ला सहित देशभरका ४० जिल्लामा आंशिक र पूर्ण गरी निषेधाज्ञा जारी गरिएको छ।

गत साउन ७ गतेदेखि बन्दाबन्दी अन्त्य भएपछि देशमा कोरोना संक्रमण झनै बढेको छ। अहिलेसम्म २८ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय २० जनाको मृत्यु भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*