भिमफेदीमा ९ गतेसम्म निषेधाज्ञाको निर्णय

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १७:५९
;

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकामा ९ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राती १२ बजेदेखी लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

भिमफेदी गाँउपालिकाको सिफारीस अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सुरक्षा समितिको बैठकले गाँउपालिकाको क्षेत्रभर लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा कोरोना संक्रमित देखा परेसँगै यसको रोकथाम तथा नियन्त्रणको लागि आज राती १२ बजेदेखि लागू हुनेगरी ९ गतेसम्मलाई निषेधाज्ञा जारी गरिदिन सिफारिस गरेको थियो ।


यसअघि मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका लगायतका स्थानीय तहहरुमा पनि ९ गतेसम्म निषेधाज्ञा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*