पहिरो विस्थापीतलाई सुरक्षित ठाउँमा स्थानान्तरण

मकवानपुर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीका पहिरो विस्थापीत २९ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । अस्थायी बसोबासका लागि वडा नम्बर १ सेलाङस्थित बाँसखर्कमा सारिएको हो ।
पहिलो चरणमा गत ३० साउनको पहिरोमा घर पूर्ण क्षति भएकाहरुलाई सारिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। उक्त पहिरो गएको क्षेत्र आसपासका १ सय ७२ परिवारलाई पनि सार्ने योजना भईंरहेको श्रेष्ठले बताए ।
लिदी पहिरोमा पुरिएर ३९ जना बेपत्ता भएकोमा हालसम्म ३२ जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी जारी रहेको छ ।