निषेधाज्ञा गरेको क्षेत्रमा कारोबार नगर्न जिल्ला सहकारीको बिज्ञप्ति

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार २१:१२
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउपालिकामा जिल्ला प्रशासन कार्यलय मकवानपुरले पुनः भाद्र १५ गते राती १२:०० बजेसम्म निषेधाज्ञा जारी गरेपछी मकवानपुर जिल्ला सहकारी संघ लि ले उक्त अवधिसम्म निषेधाज्ञा भएका क्षेत्रमा रहेका सम्पुर्ण सहकारी लगायत बित्तीय संस्थाहरु संचालन नगर्न अनुरोध गरेको छ।
मकवानपुर जिल्ला सहकारी संघ लि का अध्यक्ष नारायणप्रसाद देबकोटाले आज सोमबार एक बिज्ञप्ति मार्फत अत्यावश्यक सेवा दिनुपर्दा सुरक्षाको सम्पुर्ण उपाय अबलम्बन गरि सदस्यहरुलाइ सेवा प्रदान गर्न समेत अनुरोध गरिएको छ। कोरोना भाइरस कोभिड १९ को संक्रमण बढीरहेको अवस्थामा सहकारी संस्था लगायतको बित्तीय सस्था बढी जोखिममा रहेकोले सुरक्षित रहन समेत केन्द्रीय दुग्ध सहकारी संघ का अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका संचालक समेत रहेका देबकोटाले आग्रह  गरेका  छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*