प्रधानमन्त्री किन निरीह र किंकर्तव्यविमुढ ?: कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली निरिह र किं कर्तब्य विमुढ भएको बताएका छन् । थापाले खुलेआम भइरहेको ब्रम्हलुटको छानविन नभएको प्रश्न गर्दै प्रधानमन्त्री निरह बनेबो बताएका हुन् ।
उनले सामाजिक संजाल टुईटरमा विश्व बैंकको सहयोगमा किसानका लागि संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक भ्रष्टाचारबारे स्टाटस लेखेका छन् ।
उनले लेखेका छन् ‘कृषि क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालिबेली सार्वजनिक गरिएको छ । विश्वबैंकले पदाधिकारीको नाम समेत किटान गरी कारबाहीको लागि सरकार ध्यान आकर्षित गरेको छ । खुलेआम भइरहेको ब्रम्हलुटको किन छानविन हुँदैन रु प्रधानमन्त्री किन निरिह र किं कर्तब्य विमुढ हुनुहुन्छ ?’
विश्व बैंकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)मा भएको अनियमितताको चरम रुप विश्व बैंककै छानबिन टोलीले उजागर गरेको छ । अनियमितताको सांगोपांग चित्र देखाएको विश्व बैंकले यसको दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको छ ।