विश्वकै धनी व्यक्ति बने जेफ बेजोस

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १५:०८
;

काठमाडौं । २ सय अर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोस बनेका छन् ।

अमेजनको शेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्पत्तिमा वृद्धि भएको हो र उनी दुई अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेको मबर्ग बिलियेनियर इन्डेक्सले जनाएको छ ।

दोस्रो धनी व्यक्ति, बिल गेट्स बेजोसभन्दा करौँडौ डलरले पछाडि छन् । फोब्र्सका अनुसार बुधबार गेट्सको सम्पत्ति एक सय १६ दशमलव ०२ बिलियन डलर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*