मेस्सीलाई रोक्न अध्यक्ष बार्टोमेउ राजीनामा दिन तयार
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले कप्तान लियोनल मेस्सीलाई रोक्न आफूले पदबाट राजीनामा तयार रहेको बताएका छन् ।
मेस्सीले क्लब छाड्ने घोषणा गरेपछि बार्सिलोनाले विभिन्न चरणमा बैठक गरेको थियो ।
अब मेस्सीले बार्सिलोनाम बस्ने चाहना व्यक्त गरे बार्टोमेउले क्लब छाड्नेछन् । क्लब अध्यक्षले राजीनामा दिन तयार भएको प्रतिक्रिया दिएपछि अब मेस्सीलाई दबाब सिर्जना भएको छ ।