उपप्रधान तथा रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा

काठमाडौं । संघिय सरकारका २ जना मन्त्री होम आइसोलेसन बसेका छन् । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल होम आइसोलेसनमा बसेका हुन् ।
कोरोना भाइरसको रोकथाम तथा जोखिम व्यवस्थापनका लागि बनेको सीसीएमसीका कार्यालय सहयोगीलाई संक्रमण भएपछि पोखरेल र बादल होम आइशोलेशनमा बसेका हुन् ।
१० दिन अघि बसेको सीसीएमसी बैठकमा चीया पुर्याउन गएका ती कार्यालय सहयोगीलाई संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा पोखरेल र बादल परेका छन् ।
पोखरेल र बादल होम आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक केही आउदो भदौ १८ गतेसम्म स्थगित भएको छ ।