नेकपा नेता वामदेव गौतमको गीत सार्वजनिक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको नयँ गीत सार्वजनिक भएको छ । पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका नेता गौतमको शब्द रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ नामक गीत भिडियोसहित सार्वजनिक भएको हो ।
नेता गौतमको अहिलेसम्म दर्जनौ गीतहरु बाहिर आएका छन् । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतको स्वरले रहेको छ ।
गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वर्णन गरिएको छ ।
आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा दिएको छ ।
जीवन थापाको निर्देशन सम्पादन रहेको भिडियोमा दिर्घ गुरुङको छायाँकन रहेको छ ।