हेटौंडाका थप १४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १६:२५
;

मकवानपुर । हेटौंडाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा १४ जनामा कोरोना पुष्टि भएको हो ।

प्राप्त जानकारी अनुसार संक्रमितहरु मध्ये ६ जना महिला र ८ जना पुरुष रहेका छन् ।

संक्रमितहरु सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रकै रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइले जानकारी दिएका छन् ।

संक्रमितहरुको विवरणः

हेटौंडा–१ का १ जना (३७ वर्षीया पुरुष)
हेटौंडा–२ का ३ जना (३०, ६२ वर्षीया महिला र ५२ वर्षीय पुरुष)
हेटौंडा–४ का ३ जना (१८ वर्षीया महिला र २२,३० वर्षीय पुरुष)
हेटौंडा–७ का १ जना (५० वर्षीया महिला)
हेटौंडा–८ का १ जना (२८ वर्षीया पुरुष)
हेटौँडा–९ का २ जना (४९ वर्षीया महिला र १५ वर्षीय पुरुष)
हेटौंडा– १० का १ जना (२९ वर्षीया महिला)
हेटौंडा–१२ का १ जना (५९ वर्षीय पुरुष)
हेटौंडा–१९ का १ जना (४५ वर्षीय पुरुष)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*