काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ । यो सँगै सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।