कोरोनाको कारण रोकिएको परीक्षा अनलाइनबाटै हुने
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण रोकिएको परीक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अनलाइनबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोनाको संक्रमण बढ्दै गएकोले अब सबै शिक्षण संस्थाहरुले विद्यार्थीहरुको परीक्षा अनलाइनबाटै लिन सक्ने गरी निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराज मणि पोखरेल बताए ।