दैनिक बचत संकलन नगर्न सहकारी संघको आग्रह

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार २१:५८
;

मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघले आफ्ना सदस्य सहकारी संस्थालाई आगामी भाद्र २५ गतेसम्म शेयर सदस्यहरुबाट दैनिक बचत संकलनमा रोक लगाएको छ । आज सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहकारी संस्थाले गर्दै आएको बचत संकलनमा रोक लगाएसँगै जिल्ला संघले सो पालना गराउन यस्तो निर्णय गरेको बताईएको छ ।

संघका जिल्ला अध्यक्ष नारायणप्रसाद देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा हालको कोरोना संक्रमणको समयलाई ध्यामा राख्दै ५० प्रतिशत कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्न समेत आग्रह गरिएको छ ।

जिल्ला संघले सहकारीले आफ्नो सेवा दिउँसो २ बजेसम्म गर्न, स्वास्थ्य सुरक्षा विधि अपनाउन लगायका कार्यहरु गर्न आग्रह गरेको छ ।

जारी विज्ञप्तिः

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*