ढोरपाटन बाढीपहिरोः ११ को शव फेला, २५ जना बेपत्ता (अपडेट)

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरेको बस्तीका २५ जना सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने बताए । उनका अनुसार बिहीबार दिउँसो साढे ११ बजेसम्म ११ जनाको शव घटनास्थल र खोलाका किनारहरूमा भेटिएका छन् ।
बुधबार राति १२ बजेदेखि खसेको पहिरोले यहाँका ४० घरमा क्षति पुगेको छ । टोलीले घटनास्थलबाट ४ घाइतेको उद्धार गरेको छ ।