देउवाविरुद्ध अनशनसम्मको आन्दोलन गर्ने असन्तुष्ट पक्षको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संस्थापन विरुद्ध अनशनसम्मको आन्दोलन सार्वजनिक गर्ने तयारी भएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी मनोनयन पद बाँडेको भन्दै असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेकोहो ।
देउवाले विद्यँन विपरीत कार्य गरेकोमा असन्तुष्टि जनाउदैँ वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गुरू घिमिरेलगायतले शनिबार दिउँसो २ बजे आफू पक्षका नेतालाई जुम मिटिङ बोलाएका हुन् ।
महाधिवेशन सकिएको दुई महीनाभित्र गठन गरिसक्नुपर्ने विभागहरु अहिले बिधान बिपरीत गठन र बिस्तार भइरहेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ ।
तर, सभापति देउवाले भने ४७ मध्ये २० विभाग गठन गरिसकेका छन् । बिहीबार मात्रै सभापति देउवाले शुभेच्छुक संस्था समन्वय विभाग गठन गरेका थिए ।