ढुङ्गाले लागेर एक मजदुरको मृत्यु

दार्चुला । एक मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ । व्यास जोड्ने घोडेटो बाटो बनाउने काममा खटिएका नेपाली सेनासँगै काम गरिरहेका व्यास गाउँपालिका–५ स्याकुका स्थानीय ३७ वर्षीय दिवानसिंह धामीको मृतयु भएको हो ।
ढुङ्गाले लागेर गम्भीर घाइते भएका धामीलाई राति उपचारका लागि नेपाली सेनाको हेलिकप्टरले जिल्ला अस्पताल पुर्याए पनि बाटोमै मृत्यु भएको थियो ।
बाटोमै मृत्यु भएका धामीलाई अस्पताल पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।