विदेशमा कोरोनाबाट थप ५ जना नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको छ ।
योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् ।
हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।