काठमाडौं । छिमेकीमाथि चक्कु प्रहार गर्ने दुई जना पक्राउ परेका छन् ।
छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा मध्यबिन्दु नगरपालिका–४ लुस्लेरीका ६२ वर्षीय मोतिराम परियार र उनका छोरा १९ वर्षीय राजु परियार पक्राउ परेका हुन् ।