१० दिनदेखि रिपोर्ट पर्खिँदापर्खिँदै मृत्यु, मृत्युपछि कोरोना पुष्टी

काठमाडौं ।१० दिनदेखी कोरोनाको रिपोर्ट पर्खिरहेका पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष बनारसी बर्माको मृत्यु भएको छ ।
केही समय अघिदेखि सुगर र उच्च रक्तचाप र किड्नीका विरामी रहेका बर्मालाई एक्कासी स्वास्थ्यमा जटिलता आएपछि परिवारले अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
सोमबार बिहान उपचारको लागि लैजादैँ गर्दा मृत्यु भएका उनको मृत्यु भएको केही घण्टामा नै रिपोर्ट पोजेटिभ आएको हो ।
उनका जेठा छोराको पनि १५ दिन अगाडि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । १३ गते ट्रेसिङ मार्फत् परिवारका सबै सदस्यको स्वाब संकलन गरिएपनि १० दिनसम्म पनि परिवारका अन्य सदस्यको कोभिड–१९ को रिपोर्ट आइसकेको थिएन।