घट्यो सुनको भाउ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।










