मन्त्रिपरिषद् बैठक स्थगित, शुक्रबार सरकारको प्रवक्ता र कुलमानबारे निर्णय हुने
काठमाडौं । बिहीबार बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त हुने भएपछि बैठक स्थगित भएको हो ।
मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।
त्यस्तै, मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ ।