नेकपाको स्थायी कमिटी बैठक शुरु

काठमाडौं । लामो समयपछि नेकपा स्थायी कमिटीको बैठक आज शुरु भएको छ । केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको हो ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अघि स्थायी कमिटीको बैठकका एजेण्डाहरु तय गरेका थिए ।
गत असार १० गते शुरू भइ पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लो पटक साउन ६ गते बसेको थियो ।