म्यानेजमेन्टमा हल्ट प्राइज प्रतियोगिताको कमिटी गठन

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १८:४०
;

मकवानपुर । हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसमा हल्ट प्राइजको लागि कमिटी गठन गरीएको छ । अन्तर कलेज स्तरीय अन्तराष्ट्रिय कार्यक्रममा यस वर्ष देखि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट पनि सहभागि हुने भए पछि कमिटी गठन गरीएको हो ।

गठन गरीएको कमिटीको क्याम्पस डिरेक्टरमा निस्मा घिमिरे चयन भएकी छिन् भने सहायक क्याम्पस डिरेक्टरमा एरिक अग्रवाल र प्रोग्राम को-अरडिनेटर को लागि पियुष श्रेष्ठलाई मनोनित गरीएको छ ।

यो एक वार्षिक प्रतिस्पर्धा हो । जहाँ क्याम्पस विद्याथीहरुलाई विश्वका विभिन्न समस्याहरु समाधान गर्दै व्यापार योजना बनाउनको लागि उत्प्ररित गरीन्छ । यस प्रतियोगितालाई विद्यार्थीहरुको नोवल पुरसकार पनि भनिन्छ ।

यस वर्ष ‘फुड फर गुड’ विषयमा रहेर मनोनित कमिटीले सहभागीहरु प्रतियोगितामा पठाउने छ भने उनीहरुले सो प्रतियोगितामा आफ्नो व्यवसायीक विचार प्रस्तुत गर्नेछन् ।

सो प्रतियोगितामा प्रस्तुत गरिएको मध्ये उत्कृष्ट एक समुह क्षेत्रीय प्रतियोगिताका लागि छनोट हुनेछ । क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने समुहहरुबाट छानिएका उत्कृष्ट समुह अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाउने छन् । सो प्रतियोगितामा सहभागि हुने समुह मध्ये एउटा समुह विजेता हुने र विजयी समुहले एक मिलियन डलर उपहार पाउने बताइएको छ ।

कमिटीकी डिरेक्टर घिमिरेले हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसमा सबै विद्यार्थीलाई सो प्रतियोगितामा भाग लिन आग्रह गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*