डाक्टर गोविन्द केसीले फेरि शुरु गरे अनशन

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १५:३३
;

जुम्ला । विभिन्न माग राख्दै डाक्टर गोविन्द के.सी.ले जुम्लाबाट अनशन शुरु गरेका छन् । डाक्टर केसीले केहीबेर अघिबाट ६ बुँदे मागसहित अनशन शुरु गरेका हुन् ।

केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका कक्षा शुरु गर्नुपर्ने सहित पछिल्लो समय आएको महामारी कोरोनाको पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने समेत समाबेश छन् । उनले राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइडबडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नीको औषधि खरिद काण्डको छानबिन हुनुपर्ने डाक्टर केसीको माग रहेको छ ।

सरकारले गत २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनको लागि गरेको सम्झौता कार्यान्वयन हुनु पर्ने डाक्टर केसीको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*