भारतले प्याज निर्यातमा लगायो रोक, प्रत्यक्ष असर नेपालमा

काठमाडौं । छिमेकी मुलुक भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्रत्यक्ष असर परेको छ । प्याजको मूल्य बढेपछि भारतले सोमबार सूचना प्रकाशित गर्दै निर्यातमा रोक लगाएको थियो ।
भारतले रोक लगाएसँगै मंगलबार नेपाली बजारमा १५ देखि २० रुपैँयाँ प्रतिकेजी प्याजको मूल्य बढेको छ ।
नेपाली बजारमा झण्डै ८० प्रतिशत हिस्सा भारतीय प्याजको रहँदै आएको छ । भारतीय प्याजमा रोक लागेसँगै नेपाली बजारले त्यसको प्रत्यक्ष मार खेप्ने गरेको छ ।