जगदम्बाको छड उत्पादन र बिक्रीमा रोक

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १४:३३
;

बारा । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको फेला परेपछि उत्पादन र बिक्रीमा रोक लगाएको छ ।

गुणस्तर तथा नापतौल विभागले जाँच गर्दा जगदम्बाले मापदण्ड विपरीत बढी केमिकल प्रयोग गरी उत्पादन गरेको छड न्यून गुणस्तरको फेला परेपछि कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको हो ।

न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उनले जानकारी दिए । विभागका निर्देशक सञ्जीव ठाकुरले उद्योगीको उत्पादन रोक्नका लागि पत्र पठाइएको जानकारी दिए ।

गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले विगत एक वर्षमा मकवानपुर, बारा, पर्सा र रौतहटका दुई दर्जनभन्दा बढी नापतौलमा अनियमितता गर्ने उद्योग र पेट्रालियम पदार्थ बिक्री गर्ने व्यवसायीलाई कारवाही र जरिवाना गर्नुका साथै अदालतमा मुद्दासमेत दायर गरेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*