सञ्चालनमा आयो नारायगणगढ–मुग्लिन सडकखण्ड

चितवन । पहिरोका कारण अवरुद्ध बनेको नारायगणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरले इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा झरेको पहिरो सफा गरेर दुईतर्फी सडक सञ्चालनमा ल्याएको हो ।
सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो ।