घर भाडा छुट गर्ने घरधनीलाई करमा छुट
कैलाली । धनगढी उपमहानगरपालिकाले लकडाउनको समयमा घर भाडा छुट गर्ने घरधनीलाई घरबहाल करमा छुट दिने निर्णय गरेको छ ।
लकडाउनको अवधिमा नगरपालिका भित्रका घरभाडामा छुटदिने घरधनीलाई नगरपालिकाले बहाल करमा छुट दिने नगरप्रमुख नृपबहादुर वड जानकारी दिएका छन् ।
लकडाउनमा घरभाडा छुट दिने घरधनीलाई दुई महिनाको घरबहाल करमा छुट दिने निर्णय भएको उनले बताए ।