असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट खोल्न पाइने

काठमाडौं । असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठक असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय गरेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
तर यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना गर्नुपर्नेछ ।
त्यस्तै जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने ज्ञवालीले बताएका छन् ।