महँगोमा प्याज बिक्री गर्ने एक व्यापारी पक्राउ

हेटौडा न्युज
३१ भाद्र २०७७, बुधबार ११:३८
;

काठमाडौं । महँगोमा प्याज बिक्री गरेको आरोपमा प्रहरीले एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् ।

काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*