शंकास्पद रोगबाट मृत्यु भएकाहरुको कोरोना परीक्षण नगर्ने

हेटौडा न्युज
३१ भाद्र २०७७, बुधबार १७:०८
;

काठमाडौं । सरकारले शंकास्पद रोगबाट मृत्यु भएकाहरुको कोरोना परीक्षण नगर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना पुष्टि नभइ शंकास्पद मृत्यु भएको अवस्थामा पनि कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा मृतकहरुको स्वाब लिएर कोरोना परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै स्वास्थ्यका सबै सुरक्षा मापदण्ड पालना गरेर शव व्यवस्थापन गर्न आग्रह गरेको छ ।

त्यसैगरी कोरोना जाँचबाट आउने नेगेटिभ नतिजा एक महिना र पोजेटिभ नतिजा तीन महिनासम्म राख्‍ने निर्णय पनि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*