केही हप्ताभित्रै खोप वितरणका लागि तयार हुने ट्रम्पको दाबी

काठमाडौं । अबको केही हप्ताभित्रै आमरूपमा वितरणका लागि कोरोना विरुद्धको खोप तयार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।
तर सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आम नागरिकमा खोप उपलब्ध हुनसक्ने बताएका छन् ।
कोरोना भाइरसविरुद्धको खोप सुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने रेडफिल्डको भनाई छ ।
कोरोना भाइरस विरुद्वको खोप बजारमा आउने बारे फरक फरक धारणा सार्वजनिक भएका छन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने गल्तीले अथवा द्विविधामा परेर सीडीसीका निर्देशकले त्यसो भनेको हुनसक्ने दाबी गरेका छन् ।