बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले गौतमलाई नियुक्त गरेकी हुन् ।
गत सोमबारको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेअनुसार बिहीबार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।