डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले एक सूचना जारी गर्दै भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ ।
अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ । घटेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ ।
पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।