नशा रहित जीवनको ५ वर्षे यात्रा
मकवानपुर । हेटौंडा–४ भैरवरोड निवासी सौजन डिसी एक पुर्व लागुऔषध प्रयोग कर्ता हुन् । साथि भाईको संगतबाटै कुलतमा फसेका डिसी नशा सेवनको सुरु कहिलेबाट भयो भन्ने ठ्याकै एकीन नभएको बताउछन् ।
उनले भने ‘मिति त ठम्याउन सकिन तर यति याद छ कि त्यस समयमा भावनात्मक रुपमा निकै एक्लो महशुस गरेको थिए ।’
लागुऔषध प्रयोग गर्दागर्दै विवाह बन्धनमा बाधिएका डिसी एक छोरा र एक छोरीको अभिभावक हुन् । स्कुले जिवनमा नै मन पराएको केटीसंग प्रेम विवहामा गरेपछि डिसी घरपरिवारबाट छुटै बस्दै आएका थिए । हेटौंडामा घर थियो तर विवाह पछि उनी हेटौंडामा नै डेरा लिएर बसे ।
लागुऔषध दुव्र्येशनमा नै रहेका बेला डिसी श्रीमतीसंगै वैदेशीक रोजगारीका लागि दुवई गए । केहि समय दुवई बसेर उनीहरु पुनः हेटौंडा फर्के तर डिसीको दुव्र्येशनको लत भने छुटेन । दुव्र्येशनका क्रममा नै उनी बाबु बने ।
डिसी बाबु त बने तर कुलत छुटेन । सिआन थियो डिसीको छोराको नाम । सिआन लामो समय यस संसारमा रहेन्न् । सिआन जब २ महिनाको पुगे उनको मृत्यृ भयो । डिसीकै काँखमा सिआनको मृत्यु भएको उनी सम्झन्छन् ।
एउटा बाबुले गर्नुपर्ने हेरचाह आफुले सिआनलाई गर्न नसकेको डिसी बताउछन् । उनी भन्छन् ‘सिआन नै जिवनको घतलाग्दो र प्ररेरित बनाउने आधार थियो ।’
छोराको र्मत्युपछि डिसीले आफु दुव्र्येशन त्याग्नु पर्ने सोच र सोहि अनुसार सुधार गृह बसने सोच बनाए ।
जब डिसीले नशारहित जिवनको निमित्त प्रयास सुधार गृहमा गरे उनी २४ वर्षको थिए । त्यस समयमा हेटौडामा एउटा मात्र सुधार गृह थियो । जुन मकवानपुरको हकमा कम क्षमताको थियो । केहि समयको सुधार गृहको बसाई पछि उनी नशा रहित जिवका लागि बाहिर आए । आज असोज १ गते डिसीले नशा रहित जिवनको पााचौ बसन्त पुरा भएको दिन ।
डिसी विगत ५ वर्षदेखि नशा रहित जिवन विताई रहेका छन् । उनी हाल व्यवसायसंगै समाजसेवामा व्यस्त छन् । सुधार गृह बस्ने क्रममा उनीले सोचेका कामहरुलाई सफल बनाउन तल्लीन छन् । सुधार गृहमा नै रहदा डिसी सोच्थे त्यहि समुदायको लागि केहि गर्नुपर्छ ।
सोहि सोचका साथ सुधार गृह स्थापना गर्न परिवारसंग सल्लाह गरे । परिवारको साथ त पाए तर अरु सबैले हुदैन भने । सबैले यस्तो ट्यापेलाई हेर्ने काम भनेर फरक धारणा राखेको डिसीले अनुभव सुनाए । त्यस्ता कुरा सुन्दा मनमा खल्लो भए पनि मृत्यृ भएको छोराको सम्झनामा केहि राम्रो कार्य गर्नुपर्छ भन्ने मनमा राख्ने गरेको उनी सम्झन्छन् ।
डिसीको विश्वास र केहि गर्छु भन्ने आँट भरोसासहित हेटौंडामा नै सुधार गृह संचालन गरे । सुधार गृहको नाम पनि छोरा कै नामबाट जुराए । हेटौंडा–९ लामसुरेमा कार्यालय रहेको सिआन पुर्नस्थापना केन्द्र हो डिसीले संचालन गरेको सुधार गृहको नाम ।
दुव्र्येशनी एउटा रोग हो, यसको उपचार सम्भव छ, मनोसामाजिक विधिबाट यसको उपचार गर्नु पर्छ भन्ने धारण राख्छन् डिसी । हाल डिसीले संचालन गरेको सुधार गृहमा ३० जना भन्दा बढि व्यक्तिहरु उपचारत छन् ।
उनी भन्छन् ‘म आफुलाई भाग्यमानि ठान्छु, किनकि यस कामका लागि जनप्रतिनिधि, प्रहरिदेखि लिएर समुदायका सबैको हर–हमेसा हौसला प्रदान भएको छ ।’
परिस्थिती अनुसार जिवनले जस्तो मोड लिए पनि आफु असल हृदयको भए सबैको सहयोग प्राप्ति हुन्छ भन्छन् डिसी । निश्चित व्यवहारिक परिवर्तन भने आफ्नो प्रथामिकतामा राख्नु पर्ने उनको विचार छ ।
५ वर्ष अघि घन्टा–घन्टामा सेवन गर्नु पर्ने लागुऔषध आज सेवन नगरेको ५ वर्ष पुरा भई ६ वर्ष पुगेको डिसी सम्झन्छन् । ५ वर्ष अघिका समय फर्केर हेर्दा यो सम्भव भयो र भने जस्तो लाग्ने गरेको अनुभव डीसीको छ ।
उनी विगत सम्झदै भन्छन् ‘दुर्व्यशनको दलदलमा फसेर धेरै समय व्यर्थ फालेछु, समयको सदुपयोग भएको भए आज धेरै प्रगति गर्थे, सबै जिवन नै उजाड बनाईसकेको थियो नशाले ।’
जिवन सोचे झै सजिलो र सहज छैन भनेर भाग्न पनि सकिन्न । हरेक परिस्थितिको सामना गर्नै पर्छ डिसी बताउछन् ।
परिवार, असल साथिभाई ,सहकर्मिको सहयोगले नै यो सम्भव भएको हो, सबैलाई हृदय देखि धन्यवाद ।