खरिद मूल्य भन्दा दोब्बर बढीमा प्याज बिक्री गर्ने पक्राउ

हेटौडा न्युज
२ आश्विन २०७७, शुक्रबार १३:२१
;

बारा । प्याजको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–१ स्थित खुशी स्टोरका सञ्चालक चन्दन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिकिलो ४३ रूपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रूपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

स्टोरमा लुकाई राखेको ४ सय ५८ किलो प्याजसमेत प्रहरीले बरामद गरेको छ ।

उनीमाथि कारोबजारी अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*