कैलालीमा कार्यरत पत्रकार मृत अवस्थामा फेला

हेटौडा न्युज
२ आश्विन २०७७, शुक्रबार १५:३३
;

धनगढी । कैलालीमा कार्यरत एक पत्रकार मृत अवस्थामा फेला परेकी छन् । केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन घोडाघोडी नगरपालिका–४ घर भएकी २३ वर्षीय निर्मला पहराई मृत अवस्थामा फेला परेकी हुन् ।

उनी सोही नगरपालिका– ५ को जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार उनी सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*