विद्युत नियमित नभए ऊर्जा मन्त्रालयमा फोन गर्नू
हेटौडा न्युज
५ आश्विन २०७७, सोमबार ११:४१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत सेवा अवरुद्ध भए मन्त्रालयमा खबर गर्न आग्रह गरेको छ । मन्त्रालयले पूर्वजानकारीविना विद्युत सेवा अवरुद्ध भएक तत्काल मन्त्रालयमा खबर गर्न आग्रह गरेको हो ।
विना जानकारी विद्युत सेवा अवरुद्ध भएमा ऊर्जामन्त्री वर्षमान पुनको सचिवालय वा विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा खबर गर्न सकिने बताइएको छ ।
सम्र्कका लागि मन्त्री पुनको सचिवालयको हटलाइन नम्बर ११५१ या ९८५११०९८३५ नम्बर पनि सार्वजनिक गरिएको छ ।
सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको छ ।