युभेन्टसद्वारा साम्पोडिया पराजित

काठमाडौं । सिरि ए च्याम्पियन युभेन्टसले साम्पोडियालाई ३–० ले पराजित गरेको छ । नयाँ सिजनको खेलमा युभेन्टसले साम्पोडियालाई पराजित गर्दै जित हात पारेको हो ।
आईतबार टुरिनमा भएको खेलमा युभेन्टसले साम्पोडियालाई पराजित गरेको हो ।
खेलको सुरुवातमा अग्रता बनाएको युभेन्टसले खेलको ७८ औं मिनेटमा लियोनार्दो बोनुचीको गोलले अग्रता दोब्बर बनाएको थियो ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ रोनाल्डोले गोल गर्दै युभेन्टसलाई जित दिलाएको हो ।
आईतबार सिरि एमा सानो संख्यामा दर्शकलाई रंगशाला प्रवेशको अनुमती प्रदान गरिएको थियो ।