त्रिभुवन विश्व विद्यालय नेकपाको राजनीतिक अखडा: नेवि संघ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई प्राज्ञिक शैक्षिक उन्नयनको थलो नभई नेकपाको भर्ती केन्द्र भएको नेवि संघले आरोप लगाएको छ। नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेवि संघ)ले एक प्रेस विज्ञप्ति जारी गर्दै कर्यकर्ता भर्ती केन्द् भएको आरोप लगाएको हो ।
त्रिभुवन विश्व विद्यालय नेकपाको राजनीतिक अखडा भएको भन्दै नेविसंघका केन्द्रीय अध्यक्ष राजीब ढुंगानाले प्रेस विज्ञप्ती जारी गर्दै हुन्।
ढुंगानाले त्रिविमा नयाँ उपकुलपति आएपछि नेविसंघका कार्यकर्तालाई झुठा मुद्दा लगाएर थुन्ने काम गरेको आरोप पनि लगाएका छन्।
त्रिभुवन विश्व विश्वविद्यालय परिसरमा सयौँ प्रहरी उपस्थित गराएर विद्यार्थी तथा प्राध्यापकलाई आतंकित पार्ने काम गरेको भन्दै नेविसंघ घोर भत्र्सना गरेको छ।